माछापोखरीमा डुबेर इलाममा एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

माछापोखरीमा डुबेर इलाममा एक बालकको मृत्यु

balak hatya

इलाम ८ चैत्र । माछा पोखरीमा डुबेर इलाममा आज दिउँसो एक बालकको ज्यान गएको छ । इलाम नगरपालिका १ साखेजुङका ३ बर्षीय निनामहाङ राईको पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानिय दिपेन राईका ३६ महिनाका छोरा घरको आँगनमा खेल्दा खेल्दै माछा पोखरीमा परेका थिए । बालकलाई उपचारका लागि इलाम अस्पतालमा पुर्याइएको थियो । अस्पतालमा नै बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कानुनी प्रक्रिया पुरा गरी बालकको शवको पोष्माटम गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । बालकको शव अन्त्येटिका लागि परिवारले घरतर्फ लगिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);