प्रहरीको आवरणमा ठगी धन्दा गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रहरीको आवरणमा ठगी धन्दा गर्ने पक्राउ

झापा, ७ चैत । प्रहरीले नेपाल आर्मी र सशस्त्र प्रहरी हुँ भन्दै व्यापारीलाई ठगी गरेको आरोपमा एक जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर–१४ का प्रदिप भनिने राजकुमार राउत रहेका छन् । राउतलाई प्रहरीले चैत ६ गते काँकरभिट्टाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनु भएको छ ।

गत माघ १० गते झापाको चारआलीस्थित सुम्निामा पारुहाङ किराना पसल पुगेका राउतले आफू श्रीनाथ गण चारआलीमा कार्यरत भएको बताउँदै आएका थिए । छुटमा दाल, चिनी, तेल र मटर ल्याइदिने भन्दै सञ्चालक डाकबहादुर राईसँग १ लाख २ हजार लिएको प्रहरीबाट खुल्न आएको छ ।

प्रहरीका अनुसार राउतले ग्रामथान –५ मोरङका रोहन भेट्वाललाई पनि त्यसैगरी ठगी गरेका छन् । उनलाई बाहुनी सशस्त्र बेस क्याम्पमा कार्यरत भन्दै १ लाख १० हजार लिएका छन् । ठगी गर्दै आएका राउतलाई जिल्ला अदालत झापामा म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);