केरुङे खोलामा डुबेर एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

केरुङे खोलामा डुबेर एक बालकको मृत्यु

पूर्वी नवलपरासी। पूर्वी नवलपरासीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा कावासोती-५ निवासी नवलसिंह झेडी रहेका छन् ।नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका-५ केरुङे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार उनको मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । बालकको उद्दार गरी प्रहरीले तत्काल उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल लगेको भए पनि स्वास्थ्यकर्मीले बालकलाई मृत घोषणा गरेका थिए ।

Leave a Reply

ताजा समाचार