नवलपरासीका बाढी पिडित जोखिमपूर्ण जीवन गुजार्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

महोम्मत इजहार शेख , साउन २५ , नवलपरासी । गत साता बाढीका कारण विस्थापित भएका नवलपरासीका करिब डेढ सय घरपरिवार कष्टकर जीवन विताउन बाध्य छन् । अविरल वर्षासँगै आएको बाढीले घर बगाएपछि झण्डै एकहप्ता यता विभिन्न चार गाउँपालिकाका एक सय ४४ परिवार स्थानीय विद्यालय र आश्रमहरुमा बसिरहेका छन् । घरविहीन भएर बस्नुपर्दा उनीहरुमाथि मानसिक तनाव त छँदैछ प्राकृतिक रुपमा समेत जोखिमपूर्ण रुपमा जीवन गुजार्न बाध्य भएका छन् ।

 

अविरल वर्षाका कारण गत शुक्रबार जिल्लामा आएको ठूलो बाढीले विभिन्न ४ गाउँपालिकाका १ सय ४४ परिवार विस्थापित भए । बाढीले करिब ३ हजार घर डुबानमा परि करोडौँ रकम बराबरको क्षति भएको थियो । जसमध्ये एक हजार घरधुरी संख्या अझै बाढी र हिलोका कारण घरमा बस्न पाएका छैनन् । बाढीका कारण पूर्णरुपमा विस्थापित भएका १ सय ४४ घरधुरी र घरमा आंशिक क्षति, बाढी र हिलोले प्रभावित भएका पीडितहरु पनि स्थानीय विद्यालय र आश्रमहरुमा बसीरहेका छन् । बाढी गएको आज ६ दिन बितिसक्दा पनि विस्थापित घरधुरीहरु अझै स्थानिय विद्यालय, आश्रम र फिल्डमा त्रिपाल लगाएर जोखिमपुर्ण बसोबास गरिरहेका छन् । घरमा राखिएको खाद्यान्न, दाउरा, कपडालत्ताहरु बाढीले बगाएपछि पीडितहरु झन् समस्यामा परेका छन् । विस्थापित परिवारको पुनःस्थापनाका लागि कुनै गाउँपालिका वा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको पीडितहरुको गुनासो छ

जिल्लामा आएको ठुलो बाढीले प्रदेश नं. ५ मा पर्ने परासी क्षेत्रका सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन गरि ४ गाउँपालिका र बर्दघाट, सुनवल रामग्राम गरि ३ नगरपालिका पनि प्रत्यक्ष रुपमा प्रभावित बनेका छन् । जसमध्ये ग्रामिण क्षेत्रका चारवटा गाउँपालिकाहरु बढी प्रभावित भएका छन् । बाढीले ठाउँ ठाउँमा कटान भएको महेसपुर र त्रिवेणी सडक खण्डमा अझै यातायात सुचारु हुन सकेको छैन । बाढीले प्रतापपुर गाउँपालिकामा ४९ वटा घरधुरी पुर्ण क्षति, १ सय ३५ घरमा आंशिक क्षति भई विभिन्न वार्ड र टोलका गरि कुल ६ सय १६ घरधुरी संख्या बाढीले प्रभावित भएको छ । त्यस्तै सरावल गाउँपालिकामा पुर्ण र आंशिक क्षति भई प्रभावित भएका कुल घरधुरी संख्या ३ सय ५५ छ । यता पाल्हीनन्दन गाउँपालिकामा १२ घरमा पुर्ण क्षति भएको छ भने सो गाउँपालिकामा ३८ घरधुरी बाढीको डुबानले प्रभावित भएको छ । सुस्तामा पनि १४ घरधुरी बाढीले प्रभावित छ । यी ४ वटै गाउँपालिकाका करिब १ हजार परिवार बाढी र हिलोका कारण घरमा पुनःस्थापित हुन सकेका छैनन् भने १ स ४४ परिवार त घरबारविहीन नै भएका छन् । गाउँहरुमा पसेको बाढीका पानी निकास हुन नसकेपछि अझै पनि केहि गाउँ र सडकहरु डुबानमा छन्

 

बाढीका कारण पीडित बनेका सबै परिवार सरकारले आफूहरुको पुनस्थापनाका लागि उचित पहल नगरिदिएको गुनासो गरिरहेका छन् । त्यसैले सम्बन्धित पक्षले पीडितको आवाज बेलैमा सुनोस् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);