धान फल्ने जुम्लाका फाँटमा बाढी पस्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धान फल्ने जुम्लाका फाँटमा बाढी पस्यो

जुम्ला । केही दिनदेखिको निरन्तर बर्षाले मार्सी धान फल्ने जुम्लाका फाँट बाढीमा डुबेका छन् । भित्र्याउने बेला भएका धानबाली बाढीमा डुबेपछि किसानहरू चिन्तित भएका छन् ।

तातोपानी गाउँपालिकाको नियापानीमा करिब सय रोपनी खेतमा लगाएको धान बाढीले बगाएको स्थानीय जग्ती सार्कीले बताए । उनले भने, ‘बाढीले ग्रिरीखोला जालपदेवी जलविद्युत आयोजनाको बाँध पनि भत्काएको छ । दुई दिनदेखि बत्ती अवरुद्ध छ ।’ वर्षा र बाढीका कारण सुमलसाँघु र लामाचौरको काठेपुल बगाउँदा अवतजावतमा समेत कठिनाइ भएको छ । उनका अनुसार स्थानीय भान्या सार्कीको घरमा बाढी पसेर क्षति पुगेको छ । उनको खेतबारी पनि बगाएको छ । 

यस्तै, नाग्म–गमगडी राजमार्ग पनि बन्द भएको छ । रारालिही क्षेत्रका नदी छेउछाउका बासिन्दालाई सर्तकता अपनाउन प्रहरी प्रशासनले माइकिङ गरिरहेको छ । बाढीले तिला गाउँपालिकाको सापुल्ली, नुवाकोट र कुडारी बजारको तिखुनी ज्युलाका खेत बगाएको तिला गाउँपालिका–३ का परिलाल कठायतले बताए  । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई नेतृत्वको टोली क्षेति भएको क्षेत्र तातोपानी र तिलातर्फ गएको छ । प्रजिअ प्रसाईले बर्षा र बाढी बढेकाले जोखिम क्षेत्रको अवस्था बुझ्न तिला नदीको छेउछाउ र सापुल्ली गएको बताइन । उनका अनुसार जोखिमपूर्ण अवस्थामा रहेका बस्तीमा क्षेतिबाट जोगिन सतर्कता अपनाउन अग्रह गरिएको छ । नदी र खोलाको छेउछाउका र पुराना घरमा नबस्न अनुरोध गरेको उनले बताइन ।

प्रहरीले तिलाको सेरी बजार क्षेत्रको नदी क्षेत्रका घरमा नबस्न माइकिङ गरिएको छ । यस्तै, नदी छेउछाउ र खोला किनार, सडकमा समेत हिँड्डुल गर्न र जोखिमबाट बच्न आम नागरिकलाई प्रमुख जिल्ला अधिकारी प्रसाईले सुझाव दिइन ।

अहिले मार्सी धान फल्ने फाँट पानीले भरिएका छन् भने काटेका धान खेतमै कुहिन थालेका छन् । यसबेलाको वर्षाले सबैभन्दा बढी बालीनालीमा क्षेति पुगेको जुम्लाबासीले बताएका छन् । तर कतिपय ठाउँमा संचार पहँुच नभएकाले क्षेतिको विवरण एकिन हुन सकेको छैन । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);