सप्तरीमा मात्र बाढीबाट हजारभन्दा बढी घर डुबानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२८ साउन, राजविराज। अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीका कारण सप्तरीका चार सय परिवार विस्थापित भएका छन् । बाढीका कारण एक हजारभन्दा बढी घर डुबानमा परेको छ ।

 

सप्तरीको विभिन्न गाउँमा आएको बाढीबाट विभिन्न गाउँका करिब चार सय परिवार विस्थापित भएको प्रहरी प्रशासनले जनाएको छ ।
जिल्लाको खाँडो, जिता, मोहुली बिहुल र त्रियुगालगायत नदीमा आएको बाढीका कारण जिल्लाको दक्षिणपूर्वी र पश्चिमी भेकका गाउँपालिका र नगरपालिकाका घर डुबानमा परेका हुन् ।

 

राजविराजको मुख्य बजार क्षेत्रमा समेत तीन फिटसम्म पानी जमेको छ । सप्तकोशी नदीमा जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजको ३३ ओटा ढोका खोलिएको छ । टापुमा अवस्थित गोबरगाढा बस्तीमा पानी पसेपछि स्थानीयबासिन्दा सुरक्षित गन्तव्यतर्फ जान थालेका छन् ।

 

बाढीको प्रवाह नरोकिएकाले पीडितलाई थप समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–५ कुशहा र बनरझुलाको वस्तीमा जिता नदीको बाढी पसेका कारण ३५० परिवार घर छाडेर सडक तथा सुरक्षित ठाउँमा बसेका बताइएको छ ।

 

त्यस्तै कोशीको बाढी पसेर हनुमाननगर कंकालनी नगरपालिका–७ र १४ को रमपुरा मल्हनियाँ र कोइलाडी तिलाठी गाउँपालिकाको तिलाठीमा ३१० घर डुबानमा परेको छ भने ५० परिवार विस्थापित भएका छन् । यसैगरी तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४०० घरमा बाढी पसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

यस्तै राजविराज नगरपालिका–१० विरौल गाउँ नजिक बाढीले बाँध भत्काउँदा डुमरी, शिवथान, देउरीभरुवा, पकरीसहितका वस्ती बाढीको उच्च जोखिममा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);