बाढीले सप्तरीका बासिन्दाको जनजीवन अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दिवाकर शाह , साउन २७ , सप्तरी । तीन दिनदेखिको अविरल वर्षाका कारण विभिन्न नदी र खेलामा आएको बाढीले सप्तरीका बासिन्दाको जनजीवन अस्तव्यस्त भएको छ । सप्तरीका एक दर्जन गाउँ जलमग्न भएका छन् भने राजविराज नगरपालिकाका २, ५, ९ र १० वडा डुवानमा परेका छन् ।

सप्तरीको भेडिया, देउरी भरुवा र विरौलस्थित तटबन्ध कटान गरी खाँडो खोलाको बाढी गाउँमा पसेपछि करिब चार सय घर डुवानमा परेका छन् । बाढीले सकरपुरा, तिलाठी, काइलाडी, रम्पुरा, मलहनियाँ, रघुनाथपुर, विरौल, वभनगामाकट्टी, देउरी भरुवा, डुमरी शिवथानलगायतका गाउँ जलमग्न बनेका छन् । घरबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।

जिता खोलाको बाढीले तिलाठी कोइलाडी गाउँपालिकाको कार्यालय, स्वास्थ्य चौकी, वेल्ही भन्सार कार्यालय र प्रहरी पोस्ट डुबानमा परेका छन् । बाढीले घर जलमग्न भएपछि हनुमानगर कंकालिनी नगरपालिकाका अधिकांश नागरिक घर छाडेर डुंगा चढ्दै सुरक्षित स्थानतर्फ लागेका छन् । बाढीले डाइभर्सन बगाउँदा राजविराज कुनौली सडकखण्डसमेत अवरुद्ध बनेको छ । बाढी पसेपछि सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाढी प्रभावित क्षेत्रमा व्यापक संख्यामा नेपाल, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);