सप्तरीको खाँडो खोलामा आएको बाढीले बाँध भत्काउँदा नौ वटा गाउँमा प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साउन २६ , काठमाण्डौँ । राजविराज नगरपालिका वडा नम्बर १५ मा पर्ने खाँडो खोलामा आएको बाढीले बाँध भत्किँदा सप्तरीका नौ वटा गाउँमा बाढी पसेको छ ।

मर्मत गर्ने क्रममा आज बिहान बाँध भत्किएपछि देउरी भरुवा, तिलाठी, चक्रपुरा, लौनिया लगायतका गाउँहरु डुबानको उच्च जोखिममा परेका छन् । बाँध बनाउने क्रममा राजविराज–१५, देउरी भरुवाका ५५ वर्षीय डोमी यादव बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उच्च निगरानीमा राखेका छन् ।

बाढी प्रभावित क्षेत्रमा फसेकाहरुको उद्धार भइरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);