६० क्यिुबिक फिट काठ बरामद | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

साउन २६ , काठमाण्डौँ । जिपमा राखेर तस्करी गरी लैजाँदै गरेको अवस्थामा रौतहट वन कार्यालयबाट खटिएको गस्ती टोलीले ६० क्यिुबिक फिट काठ बरामद गरेको छ ।

स्थानीयको सूचनाका आधारमा गस्ती टोलीले पूर्व–पश्चिम राजमार्गको विश्रामपुरबाट काठ बरामद गरेको हो । काठ बरामद गर्ने क्रममा १० राउन्ड गोली प्रहार गर्नुपरेको वन कार्यालय प्रमुख दीर्घराज कोइरालाले जानकारी दिनुभयो । गस्ती टोलीले काठसँगै बरामद गरेको ना. ३ च ६१५० नम्बरको जिपमा यूपी ४१ एटी ३८१२ नम्बर लेखिएको अर्को नम्बर प्लेट पनि फेला परेको प्रमुख कोइरालाले बताउनुभयो । रौतहटका वनबाट जिप, ट्रयाक्टर, मोटरसाइकल र टायरगाडामार्फत काठ तस्करी हुने गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);