९१ थान सालको काठ र २ वटा घोरलको छाला बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

९१ थान सालको काठ र २ वटा घोरलको छाला बरामद

काठमाडौं, ५ जेठ । दाङ, डिभिजन वन कार्यालय दाङले अवैध ढंगले काटिएको सालको एक सय क्यू फिट भन्दा बढी चिरान काठ बरामद गरेको छ ।

घोराही उपमहानगरपालिका १८ हात्तीखर्कका लोक बहादुर बुढाको घरमा चिरान गरी राखेको अवस्थामा आइतबार दिउँसो ९१ थान सालको काठ बरामद गरेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले बताउनुभयो । लकडाउनको समयमा घर नजिकैको जंगलमा सामुदायिक वनमा अवैध ढंगले काठ काटेर राखेको भन्ने सुचनाको आधारमा डिभिजन वन कार्यालय दाङबाट गएको गस्ति टोलीले बरामद गरेको हो । बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय दाङमा ल्याईएको समेत उहाँले बताउनुभयो ।

‘काठ कटानका लागि कार्यालयबाट कुनै अनुमति लिएको छैन र काटिएका काठमा पनि कसैको टाँचा निशाना छैन,’ सहायक वन अधिकृत चौधरीले भन्नुभयो,‘ लकडाउनको मौका छोपि बिक्रि गर्ने उदेश्यले काटिएको हुन सक्छ । ’ गस्ति टोली आउँदै गरेको सूचना पाएपछि घरधनी बुढा भागेको कार्यालयले जनाएको छ । त्यसैगरी सालको काठसगै वन गस्ति टोलीले वन्यजन्तु घोरलको छाला पनि बुढाको घरबाट बरामद गरेको छ । २ वटा घोरलको छाला बरामद गरिएको उहाँले बताउनुभयो ।

दुवै घटनाबारे छानविन भइरहेको र दोषिलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले दिनुभयो । लकडाउनको समयमा चोरी तस्करी हुन सक्ने भन्दै डिभिजन वन कार्यालय दाङले अलगअलग समूह बनाई वनगस्तिलाई तिव्र पारेको जनाएको छ ।

लकडाउन अवधीको अहिलेसम्म बिभिन्न दर्जन बढी घटनामा दुई दर्जन बढीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाइएको समेत उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);