रुकुम हत्याकाण्डको विरुद्धमा ताते कंचनपुरका दलित ! जाजरकोट घटनाका दोषिलाई कार्बाहीको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

रुकुम हत्याकाण्डको विरुद्धमा ताते कंचनपुरका दलित ! जाजरकोट घटनाका दोषिलाई कार्बाहीको माग

कञ्चनपुर, १६ जेठ | यहि २०७७ जेष्ठ १० गते का दिन पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतिकी सुस्मा मल्ल र जाजरकोट भेरी नगरपालिका ४ रानागाउका नवराज बिश्वकर्माका विच प्रेम सम्बन्ध भइ विवाह गर्न खोज्दा नवराज बिक लगायत ५ जना युवाको क्रुर र पास्विक हत्याकाण्ड र एक जनालाई बेपत्ता पारीएको मानवताविरोधी घटनाको घोर भत्सर्ना गर्दै कञ्चनपुरका दलित अगुवाले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आधा घण्टा धर्ना दिदै ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा दलितमाथि जातिय विभेद अन्त्य र दोषि उपर कार्बाहीको माग अघि सारेका थिए । जाजरकोटमा दलित समुदायमाथि भएको जातिय विभेद तथा हत्याका दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।

ज्ञापन पत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले सम्बन्धित निकायमा जाहेरी गरिने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);