निरु विकका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

निरु विकका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

सुर्खेत । कालिकोटको  खाँडाचक्र नगरपालिका–६ की १४ वर्षीया निरु विकको बलात्कारपछि हत्या घटनाका दोषी पत्ता लगाई कानुनी कारबाहीको माग गर्दै जिल्लामा बिहीबार विरोध  प्रदर्शन गरिएको छ ।

बलात्कारपछि हत्या गरेर मकैबारीमा फालेको दुई महिना बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा  नसकेको भन्दै प्रदर्शन गरिएको हो ।

दलित महिला संघकी केन्द्रीय अध्यक्ष सरु सुनारले दलित महिलामाथि भएको घटनालाई राज्यले बेवास्ता गरेको आरोप लगाइएकी छन् । उनले दलितका सवालमा अहिले पनि राज्यले विभेदको दृष्टिले हेर्ने गरेको बताइन् । 

निरु विकलाई न्याय दे, हत्यारालाई कारबाही गर, मानवअधिकारको संरक्षण गरलगाएतका नारासहितको प्लेकार्ड बोकेर प्रदर्शनकारीले जिल्ला सदरमुकाम मान्म परिक्रमा गरी प्रतिमा चोकमा कोणसभा गरेका थिए ।

जुलुसमा दलित अधिकारकर्मी, महिला अधिकारकर्मी, दलित जनप्रतिनिधिलगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);