भारत गुजरातको राजकोटस्थित गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

भारत गुजरातको राजकोटस्थित गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु

भारत गुजरातको राजकोटस्थित गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । आगलागीबाट २५ जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार शवहरु डढेकाले मृतकहरुको पहिचान गर्न सकिएको छैन । ती शव पहिचानका लागि डीएनए टेस्ट गराउने तयारी भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार गर्मी बिदा र सप्ताहान्तका कारण मनोरञ्जनका लागि थुप्रै बालबालिका र उनीहरुका अभिभावक उत्त गेम जोनमा थिए । गेम जोनको केही स्थानमा मर्मत र स्तरोन्नतीको काम भइरहेको थियो । जसले गर्दा प्लाई र काठका टुक्राहरु यत्रतत्र छरिएका थिए ।

त्यही बेला एक्कासी आगो देखिएको थियो । यद्यपि आगलागीको कारण भने खुलेको छैन । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले घटनाको अनुसन्धानकालागि विशेष अनुसन्धान टोली गठन भईसकेको बताउनु भएको छ । गेमजोनका म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यहाँ आगो निभाउने उपकरण पनि नराखिएकाले ठूलो क्षति भएको प्रहरीले जनाएको छ । घटनापछि गुजरात सरकारले आगो निभाउने उपकरण नराखेका राज्यभरका सबै गेमजोन बन्द गर्न निर्देशन दिएको छ ।

राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने पनि निर्णय गरेको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);