वालविकास शिक्षा सुधारको दबाबमुलक आन्दोलनमा ११ विद्यार्थी युनियनको ऐक्यवद्धता | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

वालविकास शिक्षा सुधारको दबाबमुलक आन्दोलनमा ११ विद्यार्थी युनियनको ऐक्यवद्धता

नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष नेत्र चापागाईंले वालविकास शिक्षा सुधारको लागि गरेको दबाबमुलक आन्दोलनमा ११ विद्यार्थी युनियनले ऐक्यवद्धता जनाएका छन् ।

माईतीघर मण्डलामा ‘शैक्षिक अवसर सबैलाई बराबर, गुणस्तरीय शिक्षाको आधार इसीडी शिक्षामा सुधार’लगायतका नारासहितको प्लेकार्ड लिएर विद्यार्थी र शिक्षकहरूको हकहितका निम्ति उभिएर गरेको बिरोधलाई बिहीवार विभिन्न विद्यार्थी संगठनहरुले ऐक्यवद्धता जनाएका हुन् ।

आन्दोलनमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी,नेपाल समाजवादी विद्यार्थी युनियन,अखिल समाजवादी,समाजवादी विद्यार्थी युनियन,अखिल छैटौं,वैज्ञानिक समाजवादी विद्यार्थी युनियन,अनेरास्ववियु क्रान्तिकारी लगायत ११ विद्यार्थी संगठनहरुले ऐक्यवद्धता जनाएका हुन् ।

चापागाईले आगामी बजेटमा शिक्षकहरुको तलब बढाउने ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने बताउँदै आउनुभएको छ ।

केही दिनअघि आन्दोलनरत चापागाईंलाई भेट्न शिक्षामन्त्री सुमना श्रेष्ठ माईतीघर मण्डला पुगेर चाँडै सहमति गर्ने प्रविद्धता गरे पनि केही नभएको चापागाईंले बताउनु भयो ।०००

Leave a Reply

ताजा समाचार