संयुक्त विद्यार्थी संगठनले गरे शिक्षा विकास कार्यालयमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संयुक्त विद्यार्थी संगठनले गरे शिक्षा विकास कार्यालयमा तालाबन्दी

काठमाडौं, २० वैशाख । विभिन्न मागसहित आन्दोलनमा उत्रिएको संयुक्त विद्यार्थी संगठनले शिक्षा विकास तथा समन्वय इकाई इलामको कार्यालयमा तालाबन्दी गरेको छ ।

अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियन सम्मिलित संयुक्त विद्यार्थी संगठनले बिहीबार प्रहरीको घेरा तोडेर तालाबन्दी गरेका हुन्।

उनीहरुले जिल्ला शिक्षा कार्यालयसँग विभिन्न ११ बुँदे शैक्षिक माग राखेका छन् । तालाबन्दीपछि कार्यालयमा संयुक्त विज्ञप्ति टाँसी आफ्ना माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने उनीहरुले चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);