प्याब्सन र एन प्याब्सनको कार्यालयमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्याब्सन र एन प्याब्सनको कार्यालयमा तालाबन्दी

काठमाडौं, १९ वैशाख । विद्यार्थी संगठनहरुले निजी विद्यालयले चर्को शुल्कवृद्धि गर्दा पनि उदासिन रहेको भन्दै प्याब्सन र एन प्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन् ।

अनुगमनकारी निकाय नै निजी विद्यालयको चंगुलमा फसेर समग्र शैक्षिक क्षेत्रमा विकृति विसंगतीलाई मलजल गरिरहेको भन्दै विद्यार्थी संगठनले बुधबार निजी विद्यालयहरुको छाता संगठनमा नै तालाबन्दी गरेका हुन् ।

विद्यार्थी संगठनले डिल्लिबजारस्थित प्याब्सन र कुपण्डोलमा रहेको एन प्याब्सनमा तालाबन्दी गरेका हुन् । शैक्षिक संस्था भित्र विकृति र विसंगति फैलाउन प्याब्सन, एन प्याब्सनले सहयोग पुर्याएको आरोप विद्यार्थी संगठनले लगाएका छन् ।

संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिकाको अवज्ञा गरि शिक्षामा सिण्डिकेट कायम गर्दै शुल्क आतंक मच्चाउने कामको अगुवाई नै प्याब्सन र एन प्याब्सनले गरेको दाबी संगठनको छ।

तालाबन्दी पछि अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ र अखिल छैठौले संयुक्त विज्ञप्ती निकाल्दै माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);