दलित विद्यार्थी संस्कृत पढ्नबाट बञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दलित विद्यार्थी संस्कृत पढ्नबाट बञ्चित

खगेन्द्र घिमिरे
झापा, ११ जेठ । झापाको भद्रपुरमा रहेको श्री कृष्ण द्रैपायन गुरुकुल बेद विद्याश्रमले दलित विद्यार्थीलाई संस्कृत पढ्नबाट बञ्चित गरेको भन्दै दलित अधिकारकर्मीहरु आन्दोलित भएका छन् । विद्यालयले दलित विद्यार्थीलाई भर्ना नलिएपछि अधिकारकर्मीहरु आन्दोलित भएका हुन् ।

झापको भद्रपुरमा रहेको श्री कृष्ण दै्रपायन गुरुकुल बेद विद्याश्रमले इलामका ८ बर्षीय बालक विकास कार्की (डोली)लाई भर्ना लिन नमानेपछि दलित अधिकारकर्मीहरु आन्दोलित भएका हुन् । कानुनमा छुवाछुतको अन्त्य भएको लेखिएपनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै दलित अधिकारकर्मी आन्दोलित भएका हुन् ।

शिक्षामा जातीय विभेद गरेको भन्दै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले गुरुकुलमा तालाबन्दी गरेको छ । संगठनले गुरुकुलभित्र हुने विभेदलाई अन्त्य गर्न माग गरेको छ ।

दलित अधिकारकर्मीहरुले शुक्रबार भद्रपुरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले गुरुकुलको गेटमा कालो झण्डा समेत राखेका छन् । देशभरका गुरुकुल, विद्यापिठमा, सबै जातिका विद्यार्थीले पढ्न पाउनुपर्ने दलित अधिकारर्कीले माग गरेका छन् । माग पुरा नभएसमम्म आन्दोलन जारी राख्ने उनीहरुले चेतावनी दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);