जनकपुरमा बस दुर्घटना हुँदा २५ यात्रु घाइते

जनकपुर, ११ जेठ । जनकपुर सडक खण्डअन्तर्गत पिपरा गाउँपालिका–३ शिव चौक नजिक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।

शुक्रबार ना ३ ख ७५२५ नम्बरको बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका हुन् । घाइतहरुकोे जलेश्वर अस्पताल जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस तिव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।