वडाअध्यक्ष सहित १४ जना जुवातास सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वडाअध्यक्ष सहित १४ जना जुवातास सहित पक्राउ

म्याग्दी, ११ जेठ । म्याग्दी प्रहरीले रघुगङ्गा गाँउपालिका वडा नम्बर ८ का वडाअध्यक्ष सहित १४ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

काम छोडेर तास खेलिरहेको अवस्थामा वडाअध्यक्ष गमन छन्त्याल सहित १४ जनलाई प्रहरीले बेनीको एक होटलबाट पक्राउ गरेको हो ।

प्रहरीले जुवातास खेलिरहेको खालबाट ५० हजार समेत बरामद गरेको छ । सादा पोशाकमा प्रहरी परिचालन गरेर जुवातास खेल्नेलाई पक्राउ जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);