इलामको प्रशासनिक काम स्थानीय तहबाटै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

इलामको प्रशासनिक काम स्थानीय तहबाटै

ilam sunsan

टिका खतिवडा
इलाम, १२ जेठ
। प्रशासनिक काम स्थानीय तहबाटै हुन थालेपछि इलाम सदरमुकाम सुनसान भएको छ । सदरमुकाम सुनसान भएपछि व्यापार व्यवसाय समेत खस्किएको छ । तर ग्रामिण क्षेत्रमा चहलपहल बढ्नुका साथै व्यापार व्यवसाय समेत फस्टाउन थालेको छ ।

स्थानीय तहको निर्वाचनपछि इलामबजार सुनसान भएको छ । प्रशासनिक काम स्थानीय तहबाटै हुन थालेपछि इलाम बजार सुनसान भएको हो । ग्रामिण क्षेत्रमा चहलपहल बढ्नुका साथै व्यापार व्यवसाय फस्टाउदै गएको छ । सदरमुकाम सुनसान भएपछि व्यवसायी मारमा परेका छन् । उनीहरु अब के गर्ने भन्ने विकल्पको खोजी गर्न थालेका छन् ।

सदरमुकाम इलाममा रहेका साना व्यापारीहरू भने आफ्नै गाउँपालिका-नगरपालिकामा व्यवसायका लागि जान थालेका छन् । ठुला व्यापारीहरु भने प्रदेश राजधानी कता सर्छ भनेर बसेका छन् । प्रदेश राजधानी सर्ने बित्तिकै सदरमुकाम छोड्ने तर्खरमा व्यवसायी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);