अछाम सदरमुकाम सुनसान, गाउँबस्तीमा चहलपहल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अछाम सदरमुकाम सुनसान, गाउँबस्तीमा चहलपहल

सुशिलभण्डारी
अछाम, १७ जेठ । स्थानीय तहको निर्वाचनपछि अछामका गाउँबस्तीमा चहलपहल बढ्नुकासाथै विकासले गति लिन थालेको छ । तर सदरमुकाम मंगलसेन भने सुनसान भएको छ ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेपछि अछामका गाउँबस्तीमा चहलपहल बढेको हो । सदरमुकाम मंलसेन धाउनुपर्ने बाध्यता हटेपछि स्थानीयलाई राहत मिलेको छ । तर सदरमुकाम मंगलसेन भने सुनसान हुन थालेको छ ।

यातायातको सुविधा पुगेपछि उपभोग्य बस्तु पनि गाउँमै पाउन थालेको छ । सदरमुकाम बजारमा चहलपहल कम भएपछि व्यापार व्यवसाय खस्कँदै गएको छ । व्यवसाय खस्कन थालेपछि भाडा तिर्नसमेत कठिन भएको व्यवसायीको भनाइ छ ।

प्रशासनिक काम गाउँमै भएपनि शिक्षा स्वास्थ्य सेवाका लागि स्थानीय सदरमुकाम धाउने गरेका छन् । शिक्षा स्वास्थ्यको राम्रो व्यवस्था पनि गउँमै हुने हो भने सदरमुकाम सुनसान हुने देखिन्छ । सदरमुकामलाई चहलपहल राख्नको लागि पर्यटकीय गन्तव्यमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);