विद्यार्थीद्वारा प्रध्यानाध्यापक कार्यकक्षमै थुनिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

विद्यार्थीद्वारा प्रध्यानाध्यापक कार्यकक्षमै थुनिए

principal siraha

सिरहा, १७ जेठ । सिरहाको मिर्चैयामा रहेको मोहन माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्रध्यानाध्यापकलाई कार्यक्रक्षमा थुनेका छन् । भेटनरी विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले ओजेटी रकम नदिएको भन्दै प्रध्यानाध्यापक अशोक यादवलाई कार्यक्रक्षमा थुनेका हुन् ।

पटक पटक ओजेटी रकम माग गर्दा पनि सुनुवाई नभएको भन्दै विद्यार्थीले प्रशासनमा तालाबन्दी समेत गरेका छन् । प्रती विद्यार्थी ११ हजारको दरले रकम निकासा भएपनि आफुहरुले नपाएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

प्रध्यानाध्यापक यादवले भने रकम नभएकाले वितरण नगरिएको बताए। कार्यकक्षमा थुनिएका यादवलाई प्रहरीले निकालेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);