क्यान्सर पीडितलाई नेविसंघको आर्थिक सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

क्यान्सर पीडितलाई नेविसंघको आर्थिक सहयोग

काठमाडाैं । नेपाल विद्यार्थी संघले अर्घाखाँची निवासी बोनम्यारो क्यान्सरबाट पीडित भई उपचाररत गणेश खनाललाई आर्थिक सहयोग गरेको छ ।

दुर्गा भवानी उच्च माध्यामिक विद्यालय सैनामैना १ रुपन्देहीमा कक्षा ११ मा अध्ययनरत अर्घाखाँचीका गणेश खनाल बोनम्यारो क्यान्सरको उपचार गराइरहेकोमा भक्तपुर क्यान्सर अस्पताल पुगेर नेपाल विद्यार्थी संघले २ लाख ७ हजार ३४७ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

हाल अष्ट्रेलियामा रहनुभएका नेविसंघसँग आवद्ध प्रशान्तजंग कुँवर लगायतका नेविसंघका विद्यार्थीहरुले संकलन गरेर पठाउनुभएको रकम नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री तथा नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले बिरामीको आमा शान्ता खनाललाई हस्तान्तरण गरेको हो ।

आमा खनालले छोरोको उपचार अस्पतालमा भइरहेको भन्दै उपचारका लागि लाग्ने रकम अभाव भएको बताए । नेविसंघ पूर्व महामन्त्री काफ्लेले बिरामीको उपचारका लागि अस्पतालसँग आफुहरुले कुरा गरेर सहजीकरण गर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);