पर्वतको कुस्मा बजारमा चहलपहल सुरु (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

पर्वतको कुस्मा बजारमा चहलपहल सुरु (फोटो फिचर)

पर्वत । महिनौसम्म सुनसान बनेको पर्वतको कुस्मा बजारमा चहल पहल बढ्न थालेको छ ।

जिल्लामा जारी निषेधेज्ञा केही खुकुलो भएसँगै पर्वत सदरमुकाम कुस्मा पर्वत बजारमा चहलपहल सुरु भएको हो ।

अत्यावश्यक अवस्थामा जोर गते जोर नम्बर भएका र बिजोर गते बिजोर नम्बर भएका मोटरसाइकल तथा हलुका खालका सवारी चल्न पाउने तथा प्रशासनले निषेध गरेका पसलहरु बाहेक अन्य पसलहरु पनि बिहान ६ बजेबाट दिउँसो १ बजेसम्म खुल्न पाउने निर्णय भएपछि बजारमा चहलपहल बढेको हो ।

जिल्लामा कोरोना संक्रमणको अवस्था नियन्त्रित रहेको तथा संक्रमण दर पनि कम भएका कारण डीसीसीएमसी पर्वतको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले बजारलाई केही मात्रामा खुल्न दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतले सबै स्थानिय तहहरुमा पीसिआर तथा एन्टीजेन्ट परिक्षणको दायारा बढाएको र प्राप्त नतिजासंगै पहिलेको तुलनामा घटेको कारण बजारलाई आंशिक रुपमा खुलाउने निर्णय भएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);