कर्मचारी र तस्करको मिलेमतोमा सामान पास हुँदा राजश्व प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्मचारी र तस्करको मिलेमतोमा सामान पास हुँदा राजश्व प्रभावित

bhansar siraha

सुरेन्द्रकुमार कामती
सिरहा, १२ जेठ
। जिल्ला भन्सार कार्यालय सिरहाले चालु अर्थिक बर्षको अहिलेसम्म ४९ प्रतिशत राजश्व संकलन गरेको छ । तस्कर र भन्सारका कर्मचारीको मिलेमतोमा सामान पास हुँदा राजश्व संकलन न्यून संकलन भएको हो ।

तस्कर र भन्सारका कर्मचारीको मिलेमतोमा सामान पास हुँदा जिल्ला भन्सार कार्यालय सिरहाले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको हो । चालु आर्थिक सकिन डेढ महिनामात्र बाँकी रहँदा कार्यालयले ४९ प्रतिशत मात्र राजश्व संकलन गरेको छ । तस्कर, प्रहरी र भन्सारका कर्मचारीको मिलेमतोमा सामान पास हुँदा राजश्व सकंलन प्रभावित भएको हो । चोरी पैठारीको नियन्त्रणको प्रयास सफल भएको छैन ।

यो आर्थिक वर्षमा १५ करोड ८७ लाख २४ हजार रावश्व संकलन गर्ने लक्ष्य थियो । अहिलेसम्म ७ करोड ६७ लाख ६४ हजार मात्र राजश्व संकलन भएको छ ।
बोर्डर खुल्ला भएकोले र व्यपारीले इमान्दारीता नदेखाएकोले लक्ष्य अनुसारको राजश्व संकलन नभएको कार्यालयको भनाइ छ । लक्ष्य अनुसारको राजश्व संकलन गर्न चोरी पैठारी नियन्त्रण गर्नु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);