उत्कृष्ट बलिङसँगै ह्युस्टनमाथि नेपालको जित | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

उत्कृष्ट बलिङसँगै ह्युस्टनमाथि नेपालको जित

उत्कृष्ट बलिङसँगै नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले हराएको छ ।

योसँगै नेपालले दुई खेलको सिरिज क्लिनस्वीप पनि गरेको छ । १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भयो ।

जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । इमरान खान जुनियर र लाहिरु मिलान्था १६÷१६ रनमा आउट भए । नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।

रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक÷एक विकेट लिए । त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाउन सकेको थियो ।

कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे । गुलशन झा १४ रनमा आउट भए । उस्मान शिनवारीको योर्कर बलमा रोहित बोल्ड भएका थिए । सन्दीप जोरा र सोमपाल कामीले १२÷१२ रन बनाए । ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कोरी ड्राई र उस्मान शिनवारीले एक÷एक विकेट लिए ।

पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपालले ४ जुनमा डालासमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);