पाल्पाको बल्ढेङ्गढीमा बन फडानी, पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

पाल्पाको बल्ढेङ्गढीमा बन फडानी, पाँच जना पक्राउ

pakrau

पाल्पा, २१ माघ । पाल्पाको रैनादेवी छहरा ७ बल्ढेङ्गढीमा बन फडानी भएको पाइएको छ । बिना इजाजत वन क्षेत्रमा सालको रुख कटान गरि चिरान गर्दै गरेको अवस्थामा पाँच जना पक्राउ परेको डिभिजन बन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिए ।

पक्राउ पर्नेमा रुपन्देही सैनामैना ९ का मनिराम बिक,अजय मगर,गोबिन्द बिक,शम्भु बिक र दिपक बिक रहेका छन । सहायक वन अधिकृत प्रदेशी चौधरीको नेतृत्वको टोलिले रैनादेवी छहरा गाउँपालिका वडा न ७ ढाबको चन्द्राकार सामुदायिक वनको क्षेत्रमा गस्ती गर्ने क्रममा बुधबार बिहान सालको रुख कटान गरि चिरान गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरि अनुसन्धान जारी रहेको बन कार्यालय पाल्पाले जनाएको छ ।

बन तस्करले रातको समयमा रुख काटेको हुन सक्ने अनुमानको आधारमा बन कार्यालयबाट गस्ती गरिएको हो । साथै उनीहरुबाट टाचा निशाना नलागेको साल जातको गोलिया र चिरान काठ,आरा,बन्चरो र बन्दोबस्तीका सामानहरु बरामद गरिएको छ । उक्त वनमा १८ वटा सालका रुख काट्दा १ ओटा सालको रुखमा क्षति भएको छ । काटिएको रुख ३९१ क्वीब फिट रहेको बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);