झापाको चिया बगानमा अबैध रुख फडानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

झापाको चिया बगानमा अबैध रुख फडानी

jhapa

पुजन घिमिरे
झापा, ३ माघ । झापाको बुद्धशान्ति गाउँपालिकामा पर्ने बर्ने चिया बगानमा अबैध रुख फडानी गरिएको छ । सुकेका रुख हटाउन इजाजत लिएर हरिया रुख काटी तस्करी समेत भएको छ । तस्करीमा, चिया विकास निगम, काठ तस्कर र बन कार्यालयको समेत मिलेमतो भेटिएको छ ।

सरकारले सुवास सांघाइलाई ठेक्कामा लगाएको झापाको बर्ने चिया कमान भित्रका रुखको अवैध फडानी गरी तस्करी गरिएको छ । साल, सिसौं सहितका बहुमूल्य रुखहरु काटेर सुकेको दाउरा भन्दै गरिएको तस्करीमा काठ ठेकेदारसँग चिया बगान, चिया विकास निगम र झापस्थित जिल्ला बन कार्यलयको समेत मिलेमतो भेटिएको छ । सुकेका काठ हटाउने संझैता गरेका काठ व्यापारी शिवलाल कोइरालाले हरिया रुख ढालेर तस्करी गरि विर्तामोडको सूर्योदय काष्ठ उद्योगलाई बेचेका छन् । सूर्यदय काष्ठ उद्योगका संचालक निर्मल खतिवडाले कोइरालासँग चियाकमान भित्रका एकहजार तीनसय क्युयुविकफिट काठ किनेको स्वीकार गरेका छन् ।

रुख फडानी तथा तस्करीमा डिभिजन बन कार्यालय झापाको समेत सहयोग देखिएको छ । उसले कमान क्षेत्रभित्रका रुख काट्न निजी बन कटान आदेश भन्दै दाउरा काट्ने इजाजत दिएको पाइएको छ । निजी बनको रुख काटनका लागि जग्गाधनी पूर्जा अनिवार्य छ, तर, बन कार्यालयल इजाजत दिँदा जग्गाधनी पूर्जाको प्रतिलिपी र मालपोत तिरेको रसिद समेत खोजेको छैन । फेरी बनले सुकेको १ सय ३४ टुना भनी कटान आदेश दिएको छ । तर, एकसय ५० भन्दा बढी हरिया रुख काटिएको छ । बगान क्षेत्रभित्रका लोपोन्मुख सत्तिसाल, सिसौ लगायतका हरिया रुख छानी–छानी काटेको बगानका चौकिदारले भिमबहादुर तामाङले जानकारी दिए ।

सुकेका दाउरा मात्रै काटेर बिक्रि गर्ने निर्णय र आदेश हुदाहुदै ठेकेदारले यत्तिका हरियो रुख फडानी गर्नुले निगमका कर्मचारी, बन कार्यालय र ठेकेदार बिच लाखौ रकमको चलखेल भएको बन कर्मचारीहरुको भनाइ छ । उनीहरु यसअघि पनि निगमले पटक–पटक सुकेको दाउरा बिक्रि गर्ने निहँुमा बर्ने र चिलिमकोट कमानका हरियो रुख काटेर दाउरा भन्दै बिक्रि गर्दै आएको विगत सम्झिन्छन् ।

निगम र बन कर्मचारीको मिलेमतोमा तस्करी हँुदै आएको भएपनि केन्द्र देखि प्रदेशसम्मका सरकारको ध्यान यस तर्फ पुगेको छैन । त्यसैले अबैध धन्दा दिन फस्टाउँदैछ अनि राष्ट्रिय सम्पत्तिको बनिसास भइरहेको छ । चया बिकास निगम अन्तर्गतका ७ वटा बगानको ६५ प्रतिशत हिस्सा ५० वर्षका लागि ठेक्का लिएको सुवास सांघाइ ग्रुप भने मौन नै बसेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);