काँचो सालको रुख काटेर तस्करी | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

काँचो सालको रुख काटेर तस्करी

kacho tree

रौतहट, १२ कात्तिक । रौतहटको राष्ट्रिय बन भित्र काँचो सालको रुख काटेर तस्करी हुने गरेको फेला परेको छ ।

धन्सर इलाका बन कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीले भोलनटार नजिकै बनभित्र चिरान भईरहेको काठ तथा गोलिया फेला पारेका हो । बन कार्यालयले काठ चिरान गरीरहेको अवस्थामा दुइजना कामदारलाई समेत लिएको छ । चन्द्रपुर–३ का चन्द्र बहादुर मोक्तान र लाल बहादुर जिम्वालाई पक्राउ गरिएको डिभिजन बन कार्यालय रौतहटका डिएफओ बिनोद कुमार सिंहले बताए ।

काठ तस्करी हुँदै गरेको भन्ने सुचनाको आधारमा गस्ती बढाउँदा तस्कर सहित काठहरु बरामद गरिएको रेन्जर ढुंगानाले बताए । चाडबाडमा गस्ती कम हुने मौका छोपी काठ तस्करी भएको स्थानीयको भनाई छ । जल्लाको धन्सार, बृन्दाबन, जुडीवेला रंगपुर लगायतको बन क्षेत्रमा पनि काठ तस्करी हुने गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);