अबैध रुपमा चिरान गरिरहेको सालको काठ बरामत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अबैध रुपमा चिरान गरिरहेको सालको काठ बरामत

दाङ, २८ माघ । दाङमा वन कार्यालयको गस्ती टोलीले अबैध रुपमा चिरान गरिरहेको सालको काठ बरामत गरेको छ ।

डिभिजन वन कार्यालय दाङ र त्यस अन्तर्गतकोे नारायणपुर सव डिभिजन वन कार्यालयको गस्ती टोलीले घोराही उपमहानगरपालिका १२ पिरीगाउँबाट साल जातको ६ थान गोलिया र ११ थान चिरान गरी १७ थान टुनटुक्रा गोलिया तथा चिरान काठको जम्मा २९.२८ क्युफिट काठ बरामद गरेको जनाएको छ ।

बरामद गरिएका काठ र कटान कार्यमा प्रयोग भएका औजार गस्ती टोलीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य भइरहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

यस घटनामा संलग्न मानिसहरुले लगाएका लत्ता कपडा , काठ चिरानमा प्रयोग गरिएका हाते आरा थान ३, वनचरो ३ थान, फलामको खन्ती थान १, मार्किङ्ग डोरी कालो रंगको २ थान, कुटो १ थान, गिरान आरा थान १ बरामद गरिएको छ ।

वन गस्ती आएको देखेपछि कटान कार्यमा संलग्नहरु भागी गएको स्थानियहरुले बताएका छन् । संलग्नहरुको खोजी कार्य भईरहेको डिभिजन वन कार्यालयका सुचना अधिकारी खिम बहादुर केसीले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);