६३ थान सालको काठ सहित गढवाबाट २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

६३ थान सालको काठ सहित गढवाबाट २ जना पक्राउ

दाङ,२८ पुष। दाङको गढवाबाट साल जातको अबैध चिरान काठ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गढवा गाउँपालिका २ महादेवा चोक स्थित अवैध रुपमा सालको काठ चोरी निकासी भइरहेको भन्ने गोप्य सुचनाको आधारमा मंगलवार बिहान करिब ४ बजेतिर इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टको नेतृत्वमा गएको टोलीले रा १ ख ९९५ टिप्परमा लुकाएर राखेको ६३ थानको (६२.६९) क्युफिट सालको चिरान काठ बरामद गरेको हो ।

काठ सहित पक्राउ पर्नेमा गढवा गाउँपालिका १ जुरौनी निवासी ३९ बर्षीय सल्ली मिया र राप्ती गाउँपालिका ६ सगरापुर निवासी ४२ बर्षीय पृथिपाल चौधरी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको काठ र व्यक्तिलाई डिभिजन वन कार्यालय लमहीलाई आवश्यक कार्वाहीका लागि बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);