दाङमा अबैध सालको काठ सहित टेक्टर र चालक प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

दाङमा अबैध सालको काठ सहित टेक्टर र चालक प्रहरी नियन्त्रणमा

दाङ, २० माघ । दाङमा प्रहरीले अबैध सालको काठ सहित टेक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।

अबैध साल जातको ३३ थान घप्पु अर्थात् (३१.२) क्युफिट काठ र टेक्टर चालक गढवा गाँउपालिका ६ रामपुर निवासी १८ वर्षीय ईमराहिम पठानलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिनुभयो ।

सोमबार राति ९ बजेतिर गढवा गाउँपालिका ५ कक्रहवा स्थित कोईलाबास देखी गढवा तर्फ आउदै गरेको रा १ त १३९५ नम्बरको टेक्टरलाई इप्रका गढवा दाङबाट गएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त टेक्टरमा अबैध काठ फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);