अबैध काठ सहित आठ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अबैध काठ सहित आठ जना पक्राउ

गोपाल भट्टराई
दाङ , १९ बैशाख ।
अबैध रुपमा राष्ट्रिय वन क्षेत्रबाट काठ तस्कर गर्ने आठ जनालाई अबैध काठ सहित दाङ प्रहरीले पक्राउ गरेको छ । दाङको साविक गोवरडिहा गा.वि.स.वडा नं.८ हाल गढवा गाउँपालिका वडा नं.३ भैसीकुटि खोलाबाट सालको १८ क्युफिट काठ अवैध रुपमा ओसार पसार गरीरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको दाङ प्रहरी प्रमुख धिरजप्रताप सिहले जानकारी दिनु भयो ।

अबैध काठ सहित आठ जना पक्राउ

गोपाल भट्टराई दाङ , १९ बैशाख ।

 

अबैध रुपमा राष्ट्रिय वन क्षेत्रबाट काठ तस्कर गर्ने आठ जनालाई अबैध काठ सहित दाङ प्रहरीले पक्राउ गरेको छ । दाङको साविक गोवरडिहा गा.वि.स.वडा नं.८ हाल गढवा गाउँपालिका वडा नं.३ भैसीकुटि खोलाबाट सालको १८ क्युफिट काठ अवैध रुपमा ओसार पसार गरीरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको दाङ प्रहरी प्रमुख धिरजप्रताप सिहले जानकारी दिनु भयो । प्रहरी कार्यालय गढवा दाङबाट खटिएको बिशेष प्रहरी टोलीले १८ क्युफिट सालको अवैध काठ सहित पक्राउ परेका ८ जनालाई आवश्यक कार्वाहीको लागि सेक्टर बन कार्यालय गढवा दाङमा पठाईएको सिहले वताउनु भयो ।

 

अबैध रुपमा काठ ओसार पसार गरेको आरोपमा प्रहरीले साबिक गोवरडिहा गा.वि.स.वडा नं.९ हाल गढवा गाउँपालिका वडा नं.३ का तिलक बहादुर रावत, टेक बहादुर राना मगर , खुम बहादुर रावत, रेशम बहादुर रावत , कर्ण बहादुर रावत क्षेत्री लाई नियन्त्रणमा लिएको छ । त्यसै गरेर गढवा गाउँपालिका वडा नं.४ का सानु यादव, शिव कुमार यादव, राज कुमार यादव रहेका छन । आठै जनालाई वन ऐन अन्तरगत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);