कञ्चनपुरको पुनर्वास नगरपालिकामा सुकुम्बासीको तालाबन्दी पछि सुरक्षामा कडाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कञ्चनपुरको पुनर्वास नगरपालिकामा सुकुम्बासीको तालाबन्दी पछि सुरक्षामा कडाइ

कञ्चनपुर, २८ पुष । कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयमा सुकुम्बासी संघर्ष समितिले नाराबाजी सहित तालाबन्दी गरेपछि सुरक्षा व्यवस्था कडाई गरिएको छ ।सोमबार पुनर्वास नगरपालिकाको कार्यालय वरिपरि र नगर प्रमुखको निवास नजिक जनपद प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा तैनाथ देखिएका थिए ।

सुकुम्बासी संघर्ष समितिका संयोजक जगत सायरले सुकुम्बासीहरुलाई चुनाव ताका आफ्नो स्वार्थी पूर्ति गर्न पूर्जा उपलब्ध गराउँछौ भन्ने झुठा आश्वासन दिँदै भोटका लागि प्रयोग गरेको बताउनु भयो । निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो तीन वर्षको कार्यकाल सकिसक्दा पनि अहिलेसम्म सुकुम्बासीहरुका समस्याहरु हल गर्न तर्फ कुनै चासो नदिएको संयोजक सायरको आरोप छ ।

यता पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले पुनर्वास नगरपालिका अन्र्तगतको ऐलानी जमिन राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेका कारण स्थानीय सरकारलाई सकस परेकोे बताउनु भयो । उहाँले सुकुम्बासीहरुलाई आश्वासन मात्रै नदिएको बताउँदै निर्वाचित पछिको पहिलो कार्यापालिका बैठकको निर्णय नै सुकुम्बासहिरुलाई लालपूर्जा वितरण सम्बन्धमा रहेको बताउनु भयो ।

यस अघि केन्द्र सरकारले स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गरेको अवस्था थिएन । नगर प्रमुख थापाले भने अब विभिन्न स्थानीय पालिकाहरुमा आयोग गठन भईसकेको छ, हामी पनि सुकुम्बासीलाई निःशुल्क जग्गाधनी प्रमाणपूर्जा कसरी उपलब्ध गराउने भन्ने विषयमा चिन्तित छौ । आन्दोलनकै क्रममा सुरक्षाकर्मी र सुकुम्बासीहरु बिच धकेलाधकेल र लाठी चार्ज सम्म हुन पुग्यो ।

सोहि क्रममा दुवै पक्षलाई सामान्य चोट पनि लागेको थियो । आईतबार सुकुम्बासीहरुले नगरपालिका दिनभर घेराउ गरेपछि अन्तमा सुरक्षाकर्मी र सुकुम्बासी पक्षबिच सामान्य झडप भएको थियो । पुनर्वासको जनपद र सशस्त्र प्रहरीको सुरक्षाबाट विवाद साम्य असम्भव देखिएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी गण धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीको थप प्रहरी टोली नगरपालिका आईपुगेपछि बल्ल विवाद सामान्य हुन पुगेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);