पुनर्वास क्षेत्रमा सशस्त्रको ‘फोर्स मार्च’ गस्ती सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पुनर्वास क्षेत्रमा सशस्त्रको ‘फोर्स मार्च’ गस्ती सुरु

sasatra gasti

कञ्चनपुर, २४ जेठ । नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि र चोरी पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले कञ्चनपुरको पुनर्वास क्षेत्रमा ‘फोर्स मार्च’ गस्ती सुरु गरेको छ ।

टोलिले विवादित पुनर्वास नगरपालिका ४ स्थित आनन्द बजार सीमा क्षेत्रबाट गस्ती सुरु गरेको हो । सीमा स्तम्भको अवलोकन र रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती सुरु गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले बताए । प्रहरीले कञ्चनपुरको पूर्वी सिमाना डोकेबजारसम्म गस्ती गर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);