कैलाली र कञ्चनपुरमा नेपाल–भारत सीमास्तम्भ रङरोगन तथा मर्मत सम्भार कार्य सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ २ २०८१, आइतबार

कैलाली र कञ्चनपुरमा नेपाल–भारत सीमास्तम्भ रङरोगन तथा मर्मत सम्भार कार्य सुरु

पुष्कर भट्ट, कञ्चनपुर,मंसिर १९ । कैलाली र कञ्चनपुरमा नेपाल–भारत सीमास्तम्भ रङरोगन तथा मर्मत सम्भार कार्य सुरु भएको छ । कैलालीको बङ्गग्राकटान र कञ्चनपुरको डोकेबजारबाट मर्मत सम्भारको काम सुरु भएको हो । सोमबार डोके बजारको सिमामै एक कार्यक्रम गरी सशस्त्र प्रहरी बलले कञ्चनपुरका सीमा स्तम्भहरुको मर्मत कार्य शुरु गरेको हो ।

यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ । कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नं. ३५ गण मुख्यालय र कैलालीमा नं. ३४ गणले सीमास्तम्भ रङरोगन तथा मर्मत सम्भार गर्ने काम भएको हो ।

नेपाल–भारत कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजार स्थित ७५३(१७१)नम्बर सीमा पिलरदेखि मर्मत कार्य शुरु गरेको छ । भारतीय प्रशासन, सीमा सुरक्षा बल(एसएसबी) र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, सशस्त्र प्रहरीका बैधनाथ बाहिनी प्रमुख कुमार न्यौपाने, कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल थापा सहितका अधिकारीको उपस्थितिमा सीमा स्तम्भको मर्मत कार्य शुरु गरिएको हो । सुदूरपश्चिम प्रदेश बैद्यनाथ बाहनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुमार न्यौपानेले सरकारले दिएको जिम्मेबारी अनुरुप कञ्चनपुर, कैलालीका सीमा स्तम्भको एकसाथ शुभारम्भ गरिएको बताए ।

डिआईजी न्यौपानेले सन २०१४देखि यता निर्माण भएका सीमा स्तम्भको मर्मत, रंगरोगन एव पुर्ननिर्माण गरिने बताए । सीमा स्तम्भहरुको निर्माण मर्मत सम्भार र पुर्नस्थापना सम्बन्धी मापदण्ड ०८० अनुरुप नेपालका तर्फबाट बिजोर सीमा पिलर पुर्ननिर्माण गरिने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सीमा पिलर मर्मत कार्यबाट दुवैदेशको सीमा स्तम्भलाई स्पष्ट पारिदिने भएकाले विवाद उत्पन्न नहुने बताए ।

बिभागका बाट खटाईएका नापि अधिकृत जनक राज ओझाले १८ मंसिरदेखि पौष मसान्त सम्म कैलाली र कञ्चनपुरका सिमाका नेपालको भागमा परेका बिजोडा सीमा पिलर मर्मत सम्भार गरिने बताए । अधिकृत ओझाले कञ्चनपुरमा कुल ६६ सीमा स्तम्भ मर्मत सम्भार गरिने बताए । उनका अनुसार रंगरोगन गर्नुपर्ने ३०, समान्य मर्मत १६, मध्यमस्तरको मर्मत १७ र पुर्ण मर्मत ३ पिलर रहेकामा छन । भारतीय पक्षले यस अघि नै जोडा सीमा पिलर मर्मत गरिसकेको थियो । जिल्लाको पुनर्वास नगरपालिका ११ डोकेबजारदेखि पुनर्वास, बेलौरी, बेलडाडाँडी, शुक्लाफाँटा राष्ट्रिय, दोधाराचाँदनी र भीमदत्त नगरपालिका ९ब्रम्हदेबसम्म मर्मत कार्य संचालन हुनेछ । पुनर्वास नगरपालिकाका मेयर तोया प्रशाद शर्माले सीमा पिलरको मर्मत, पुर्ननिर्मण एव रंगरोगन कार्यबाट सीमा विवाद न्यूनिकरण हुने बताए ।

सीमा पिलर रङरोगन तथा मर्मत सम्भार कार्य उदघाट्न कार्यक्रममा नेपाल भारत दुवै देशका सीमा सुरक्षा बल, प्रशासन सहितका अधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);