सीमा क्षेत्रमा रहेका पिलरको काम नसकिंदै नेपाल-भारतबीच सहमति पत्रमा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सीमा क्षेत्रमा रहेका पिलरको काम नसकिंदै नेपाल-भारतबीच सहमति पत्रमा हस्ताक्षर

तेज बोहरा
कञ्चनपुर, १६ जेठ । कैलाली कञ्चनपुरका सीमा क्षेत्रमा रहेका पिलरको काम नसकिंदै नेपाल भारतबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । बिहीबार धनगढीमा सम्पन्न नेपाल भारत सुरक्षा अधिकारीको दोस्रो बैठ्कबाट सिमा सर्भे टोलीले सात महिनासम्म काम गरी प्रस्तुत गरेको प्रतिवेदनमा सहमती भएको हो ।

सिमा क्षेत्रका नेपालीहरुले बेलाबेलामा भारतीय पक्षको ज्यादती सहँदै आएका छन् । कहिले भारतमा काम गरेर घर फर्किएका नेपालीहरु लुटिएको त कहिले सीमा मिचिएका समाचारहरु बेलाबेलामा आई रहन्छन् ।

यस्तो अवस्थामा पनि नेपाल सरकारद्वारा सीमाका नेपालीहरुको समस्यालाई वास्ता नगरिएको गुनासो आउने गर्दछ । अहिले पनि कैलाली कञ्चनपुरका सीमा क्षेत्रमा रहेका पिलरको काम नसकिंदै नेपाल भारतबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । बिहीबार धनगढीमा सम्पन्न नेपाल भारत सुरक्षा अधिकारीको दोस्रो बैठकबाट सिमा सर्भे टोलीले सात महिनासम्म काम गरी प्रस्तुत गरेको प्रतिवेदनमा सहमती भएको हो ।

नेपाल भारत सिमा विवादलाई समाधान गर्न सन् २०१६ देखि सीमा क्षेत्रमा खटाएको दुवै देशको सर्भे टोलीले कैलाली र कञ्चनपुरको सिमा क्षेत्रमा गरेको हालसम्मको प्रगती र गर्न नसकीएको कामलाई आगामी दिनमा सम्पन्न गर्ने गरी सहमती भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनु भयो ।

यस वर्षमात्रै कैलाली र कञ्चनपुरमा ४९ पिलर नयाँ निर्माण गरिएको छ । जसमध्ये ८ ओटा मुख्य पिलर र ४१ ओटा सहायक पिलर निर्माण गरीएको हो । त्यस्तै १०० ओटा पिल्लरमा सुधार गरीएको नेपाल भारत सिमा सर्भे टोली नम्बर ४ का प्रमुख जनक भट्टले जानकारी दिनुभयो ।

कैलालीको मारीयाघाटमा गतबर्ष विवादले सम्पन्न हुन नसकेका चार पिल्लर यस बर्ष विवाद समाधान गरेर नयाँ निर्माण गरिएको छ । यसवर्ष पनि कैलालीको फुलवारीमा रहेको सात सय ४२ नम्बर पिल्लर, खक्रौलाको सात सय ०४÷५ नम्बर पिल्लर र कञ्चनपुरको सात सय ५२ नम्बर पिलर पुर्नवासमा स्थानियको बिरोध आएपछि निर्माण गर्न नसकीएको हो ।

कैलालीमा जम्मा दुई सय ८२ पिल्लर मध्ये ७३ ओटा नयाँ निर्माण गरीएको छ । ६८ ओटा नदी क्षेत्रमा हराएका र एक सय ४१ ओटा पिल्लरलाई सामान्य मर्मत गरिएको छ । त्यस्तै कञ्चनपुरको तीन सय ८० पिल्लर मध्ये नयाँ निर्माण गर्नुपर्ने दुई सय १७, नदी क्षेत्रमा परेर हराएका ३६ र १२७ ओटा पिल्लर सामान्य मर्मत गर्नुपर्ने देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);