विवादित सीमा क्षेत्रमा खटियो सर्भे टोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विवादित सीमा क्षेत्रमा खटियो सर्भे टोली

धनगढी, पुस १५ । सरकारले भारतसँग जोडिएका प्रदेश ७ का कञ्चनपुर, कैलाली, दार्चुलालगायत जिल्लाका विवादित सीमा क्षेत्रको सर्वेक्षण गर्न नापी विभागको टोली खटाएको छ ।कैलालीको लालबोजी, कञ्चनपुरको पुर्नवास, दार्चुलाको कालापानीलगायत क्षेत्रमा लामो समयदेखि सीमा विवाद चर्किंदै आएपछि सरकारले नापी विभागका प्रमुख अधिकृत सुदर्शनसिंह धामीको नेतृत्वमा काशीलाल चौधरी, पूर्णबहादुर खड्का, महादेव भट्ट, दिकेश शंखदेवसहित सात जनाको सर्भे टोली पठाएको हो ।

कञ्चनपुरको पुर्नवासमा सीमा विवादकै कारण नौ महिनाअघि भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको ज्यान गएको थियो भने दार्चुलाको कालापानीमा लामो समयदेखि विवाद टुंगो लाग्न सकेको छैन । कैलाली, बैतडी, डडेल्धुरालगायत जिल्लामा पनि जंगेपिलर सारिएका, हराएकालगायत थुप्रै विवाद देखिएका छन् ।

सेप्टेम्बर १३ देखि १५ (भदौ २८–३०) सम्म भारतको देहरादुनमा बसेको नेपाल भारतको ‘सर्भे अफिसियल कमिटी’ को सातौं बैठकले संयुक्त नापी टोली खटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भारतले पनि सर्भे अफ इन्डियाका अधिकारी आरसी भट्टको नेतृत्वमा टोली पठाएको छ ।

यसअघि नेपालका भारतसँग सिमाना जोडिएका मध्य र पूर्वी नेपालका जिल्लामा तीनवटा टोलीले सीमा स्तम्भको सर्भे गरेको थियो । ती टोलीले पश्चिमको सीमा सर्भेको काम गर्न समय लाग्ने भएपछि प्रदेश ७ मा छुट्टै टोली खटाइएको हो । नापी टोलीलाई कैलाली र बर्दियाको सिमानामा रहेको पिलर नम्बर ७०० (साविकको ९८) देखि कञ्चनपुरको ब्रह्मदेवमा रहेको पिलर नम्बर ८११ (साविकको २१०) सम्मका पिलरको अवस्था, हराएका पिलरको स्थान खोजी, पिलर मर्मत र रंगरोगनको जिम्मा दिएको छ ।

सर्भे टोलीले पहिलो चरणमा कैलालीको भजनी नगरपालिकाको लालबोझीसम्म गरेको रेकीमा सबै गरेर ८२ वटा पिलर हराएको, ८२ वटै पिलर सामान्य भत्किएको, आठ वटा पिलर कामै नलाग्ने गरी भत्किएको र चार वटा मात्रै राम्रो अवस्थामा रहेको जनाएको छ । संयुक्त सर्भे टोलीलाई मंसिर ८ गतेबाटै फिल्डमा खटाइएको भए पनि त्यतिबेला चुनाव परेकाले रेकी मात्रै गरेर काम स्थगन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);