बजेट सार्वजनिक भएसँगै कोही हर्षित कोही निरास | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बजेट सार्वजनिक भएसँगै कोही हर्षित कोही निरास

बजेट

 १६ जेठ । सरकारको बजेट सार्वजनिक भएसगै जिल्लाजिल्लाबाट मिश्रित प्रतिक्रिया आउन थालेका छन् । बजेटलाई कतिले स्वागत योग्य भनेका छन् भने कतिले कमी कमजोरीहरु रहेको बताएका छन् । सरकारले प्रस्तुत गरेको बजेटबाट बीरगन्ज क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् । बजेटले उत्पादनलाई प्रोत्साहन गरेकोमा यसक्षेत्रका लगानीकर्ता तथा व्यवसायीले बजेटलाई सकारात्मक रुपमा लिएको प्रतिकृया दिएका छन् ।

वीरगन्ज पथलैया औद्योगिक क्षेत्रलाई करिडोर बनाउन आवश्यक पूर्वाधार, जग्गा, विद्युत प्रशासरण लाईन लगायतको व्यवस्थापनकोलागि सम्बोधन हुनु यस क्षेत्रको लागी राम्रो कार्य भएको व्यवसायीहरु बताउँछन् ।

वीरगन्ज आसपास क्षेत्रका ठुला लगानीकर्ता र व्यवसायीहरु उत्साहित भएपनि यस भेगका पर्यटन तथा होटेल व्यवसायी भने बजेटबाट निराश भएका छन् । पर्यटन क्षेत्रकोलागि २ अर्ब ६८ करोडको बजेट सार्वजनिक भएपनि त्यसमा बीरगन्ज वा प्रदेश दुईको पर्यटन विकासका योजना सम्बोधन नभएकोमा पर्यटन व्यवसायीहरु निराशा व्यक्त गर्छन् ।

यसैगरी विराटनगरका स्वास्थ्यकर्मीहरुले बजेटलाई सकरात्मक रुपमा लिएका छन् । स्वास्थ्यमा यो वर्ष ६८ अर्ब ७८ करोड रकम विनियोजन गरिएको छ । स्वास्थ्य विमाको कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै सिरहाका स्थानीयहरुले बजेट आकर्षक र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । समग्रमा सरकारले प्रस्तुत गरेको यो बजेटलाई लोकप्रिय बजेटका रुपमा हेरिएको छ । छरिएको बजेट, आत्मनिर्भरमुखी बजेट वा वितरणमुखी बजेट जे भनिए पनि यसको प्रभावकारिता भनेको कार्यान्वयनमा देखिनेछ । अघिल्लो वर्षको बजेट र त्यसको कार्यान्वयनको अवस्थालाई हेरेर अहिले पनि सरोकारवालाले प्रभावकारी कार्यान्यवनको पक्षममै आशंका गरिरहेका छन् ।

वीरगन्जबाट अनुप तिवारी, सिरहाबाट सुरेन्द्र कामती र विराटनगरबाट अविजाल विष्ट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);