'बजेटमा ‘ग्रेटर वीरगन्ज’को अवधारणालाई समावेश गर्न माग' | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

‘बजेटमा ‘ग्रेटर वीरगन्ज’को अवधारणालाई समावेश गर्न माग’

birgunj budget apekshya

अनुप तिवारी
वीरगन्ज,१४ जेठ । वीरगन्जका उद्योगी व्यापारीले उद्योगलाई अनुकुल हुने बजेट ल्याउन सरकारसंग माग गरेका छन् । राजश्वमुखी बजेटले सबैलाई तनाव र समस्या खेप्नु परेको, अर्थक्षेत्रमा प्रतिकुल प्रभाव देखिएको भन्दै उद्योग व्यवसायीले अबको बजेट उत्पादन र निकासी बढाउनेतर्फ केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।

सरकार बुधबार आर्थिक बर्ष २०७६-०७७ को लागि बजेट सार्वजनिक गर्ने तयारीमा रहेको छ । यो बेला औद्योगीक क्षेत्रका रुपमा रहेको वीरगन्जका उद्योगीहरुले उत्पादन र निकासी बढाउनेतर्फ केन्द्रित भई बजेट आउने अपेक्षा गरेका छन् । बीरगन्ज क्षेत्रमा हुलाकी राजमार्ग, विशेष आर्थिक क्षेत्र सेज निमार्णाधिन अवस्थामा रहेकोले आउँदो बजेटमा सरकारले ‘ग्रेटर वीरगन्ज’को अवधारणालाई समावेश गर्न बीरगन्ज उद्योगी व्यवसायीको साझा माग रहेको छ ।

लगानी भित्र्याउने उद्देश्यले वीरगन्ज उद्योग वाणिज्य संघले समेत सरकारसंग सहकार्य गरी अघि बढ्न तयार रहेको जनाएको छ । बारा पर्सा करिडोरमा भारतीय लगानी समेत भित्रिने क्रम जारी नै रहेकोले यसलाई बजेटमार्फत अझै व्यवस्थित गर्नु पर्ने आवश्यकता रहेको उद्योगी व्यवसायीहरुको सुझाव छ । आगामी बजेटले किसानहरुलाई नेपाल सरकारले किसानहरुको लागि अभिभावकको भुमिका निर्वाह गर्ने गरी बजेट ल्याउनु पर्ने भन्दै बीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुबोध गुप्ताले कृषिलाई जोड दिनु भयो ।

बजेट त वर्षेनी आउने गर्दछ । तर धेरै बजेट रकमहरु कार्यान्वय हुन नसकेर फ्रीज हुने समस्या पनि वर्षेनी दोहोरिने नै गरेको छ । त्यसैले बजेट कनिका छरेको जस्तै आउनु भन्दा पनि स्वास्थ्य, सडक, शिक्षा र सुरक्षालाई केन्द्रित गरी ल्याउनु पर्ने बीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक लाठको सुझाव छ ।

वीरगंजका उद्योग व्यवसायीले वित्त एवं बिमा व्यवसाय गर्ने कम्पनीहरु एकआपसमा गाभिने कार्यलाई करको दृष्टिले सरलीकृत गरिनु पर्ने, उद्योगहरुलाई भौतिक पूर्वाधार र शान्तिसुरक्षा दिनको लागि बजेट मार्पmत स्पष्ट नीति ल्याउनु पर्ने सुझाव दिएका छन् । यसैगरी राजश्व न्यायाधिकरण प्रकृयामा सहजता, वीरगन्ज क्षेत्रको उर्जा, कृषि र पर्यटनलाई विशेष प्राथामिकता राखी बजेट ल्याउनेमा वीरगंजका उद्योग व्यवासयी आशावादी देखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);