मिडिया काउन्सिल विधेयक खारेज गर्न माग गर्दै नेविसंघद्धारा सडक आन्दोलन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मिडिया काउन्सिल विधेयक खारेज गर्न माग गर्दै नेविसंघद्धारा सडक आन्दोलन सुरु

nebi sagha

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिल सम्बन्धि विधेयक खारेज गर्न माग गर्दै सडक आन्दोलन सुरु गरेको छ ।

नेविसंघले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्ततालाई हनन् हुनेगरी आएको भन्दै तत्काल खारेज गर्न माग गर्दै मंगलबार राजधानीमा प्रदर्शन गरेको हो ।

प्रर्दशनका क्रममा विद्यार्थी नेताहरुले प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर कम्युनिष्ट नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेकोले त्यसको विरोधमा सडक आन्दोलन गर्नु परेको बताएका थिए ।

सरकारले विश्वविद्यालय, प्रेसलगायतका संस्थाहरुमाथि हस्तक्षेप हुने गरी ल्याइएका सबै विधेयकहरु फिर्ता नभए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी नेविसंघले दिएको छ । नेविसंघले मुलुकलाई शान्ति सुरक्षा दिन नसकेको, महंगी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);