ओलीले विप्लवलाई हल्का रुपमा लिए, गृहमन्त्री थापा र प्रहरीबीच तालमेल भएन : विज्ञानराज शर्मा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ओलीले विप्लवलाई हल्का रुपमा लिए, गृहमन्त्री थापा र प्रहरीबीच तालमेल भएन : विज्ञानराज शर्मा (भिडियोसहित)

kharo prashna with bigyanraj sharma

काठमाडौं, १४ जेठ । उपत्यकामा ‘सुरक्षा थ्रेट’ बढ्दै गएको देखिएको छ । आइतबार अपराह्न भएको बम विस्फोटनमा परि ४ जनाको मृत्यु भयो । मृतकहरु कुन पार्टीका, कुन दलका कार्यकर्ता थिए भन्दा पनि उनीहरु नागरिक थिए । पूर्व एआईजी विज्ञानराज शर्माले दक्षिण एसियाली मुलुकहरुमा भन्दा नेपालमा ‘सुरक्षा थ्रेट’ बढी भएको बताउनु भयो । कार्यक्रम ‘खरो प्रश्न’मा बोल्दै शर्माले गृहमन्त्री थापा र प्रहरी विच तालमेल नभएको कुरा उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीले विप्लवलाई हल्का रुपमा लिएको कुरा बताउनु भयो । फरक प्रसङ्गमा शर्माले सरकारले सुरक्षामा लगानी गर्नुपर्ने बताउनु भयो । संगै उहाँले सुरक्षाका आधारभूत कुराहरु बच्चा बेला देखिनै सिकाउनुपर्ने पनि बताउनुभयो । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता केदार कोइरालाले पूर्व एआईजी विज्ञानराज शर्मासंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);