मिडिया काउन्सिल विधेयक खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मिडिया काउन्सिल विधेयक खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन

सरकारविरुद्ध पत्रकारको प्रदर्शन

काठमाडौं, ३ जेठ । मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न सरकारलाई चर्को दवाव दिँदै शुक्रबार काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ । नेपाल पत्रकार महासंघ, संयुक्त नागरिक समाज र मानव अधिकारकर्मीहरुले संविधान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने गरी ल्याइएको सो विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको नयाँ बानेश्वर चोकमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन ।

सो विधेयकको विरोधमा मुखमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले लोकतन्त्रको पक्षमा, मानव अधिकारको पक्षमा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिनु परेको उल्लेख गर्दै मिडिया काउन्सिल सम्बन्धि सो विधेयक खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् ।

प्रदर्शनपछि आयोजित कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुलाई पीडा दिने गरी सरकारले कानुन निर्माणको कामलाई अघि बढाएपछि त्यसको विरुद्ध सडक संघर्ष गर्नु परेको स्पष्ट पार्नु भयो ।

उहाँले लोकतन्त्रको पक्षमा, मानव अधिकारको पक्षमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरु सडकमा आएको उल्लेख गर्दै सरकारले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी नगरेसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी पनि दिनु भयो ।

महासंघले मिडिया काउन्सिल विधेयक संविधानको पनि प्रतिकूल हुने गरी आएकाले सरकारले तत्काल खारेज गर्नुपर्ने माग गर्दै चरणवद्ध आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । प्रदर्शनकारीहरुले ‘पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गर’, ‘पत्रकारहरुलाई पार्टीको भजन मण्डली बनाउने प्रयास नगर’ लेखिएको प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);