प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक फिर्ताको माग गर्दै कार्टुन प्रदर्शनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक फिर्ताको माग गर्दै कार्टुन प्रदर्शनी

काठमाडौं, ११ असार । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक फिर्ताको माग गर्दै कार्टुन प्रदर्शनी गरेको छ । काठमाडौंको बसन्तपुर डबलीमा महासंघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल लगायत विधेयकको विरोधमा कार्टुन प्रदर्शनीको आयोजना गरेको हो ।

सरकारले दर्ता गराएको विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतताको हनन् हुने भन्दै महासंघले विरोध गर्दै आएको छ । विहीबार बसन्तपुर डबलीमा आयोजना गरिएको कार्टुन प्रदर्शनीमा सर्पले कलम टोक्न लागेको, मिडिया काउन्सिल विधेयक लेखिएको सिंहमाथि मान्छेको आकृति जस्तो बसेर ‘डराउनुपर्दैन घाँसपात खुवाउन ल्याएको हो’ भन्दै पत्रकारलाई लखेटेको, राष्ट्रको प्रथम अंगले चौथो अंग प्रेसलाई कुल्चीएको, त्यसरी प्रेसलाई कुल्चिदा दोश्रो अंगले मुख थुनेको र तेश्रो अंगले आँखा छोपेका काटुर्नहरु राखिएको थियो ।

त्यसैगरी अभिव्यक्ति स्वतन्त्रता बन्दुकको निशानामा परेको, सार्वजनिक संस्थाका सुचनाहरुमा लगाईएको नियन्त्रण लगायत विषयमा दर्जन बढी कार्टुनहरु राखिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुनहरु फिर्ता नहुन्जेल महासंघको आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।

उहाँले अत्यन्तै गम्भीर परिस्थितिमा मात्रै पत्रकार र स्रष्टाहरु सडकमा आउने गरेको स्मरण गर्दै अभिव्यक्ति स्वतन्त्रता हरण विरुद्ध आन्दोलनमा उत्रन नागरिक समाज र कलम जीवीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा स्रष्टाहरुले सरकारको कार्यशैली विरुद्ध व्यंग्यात्मक कविता सुनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);