नेपाल पत्रकार महासंघद्वारा मिडिया काउन्सिल विधेयक रोक्न सभामुख महराको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपाल पत्रकार महासंघद्वारा मिडिया काउन्सिल विधेयक रोक्न सभामुख महराको ध्यानाकर्षण

patrakaar mahasagh savamukha

काठमाडौं, ३० बैशाख । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्नका लागि सभामुखको ध्यानाकर्षण गराएको छ ।

महासंघको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरालाई भेटी प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको उक्त विधेयक रोक्न ध्यानाकर्षण गराएको हो । महासंघका अध्यक्ष गोविन्द आचार्यले आफुहरुको आन्दोलन सरकार र लोकतन्त्र विरुद्ध नभई प्रेस स्वतन्त्रताको पक्षमा भएको बताउनुभयो ।

प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले प्रेसलाई नियन्त्रण गर्ने गरि सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै बिधेयकमा रहेका प्रेस स्वतन्त्रता बिरोधी प्रावधान हटाउन आग्रह गर्नुभयो ।

महासंघको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख महराले विधेयकबारे आफुले संचारमन्त्रीसंग छलफल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले राष्ट्रियसभाका अध्यक्ष र विषयगत समितिका सभापतिलाई भेट्न पनि महासंघको टोलीलाई सुझाव दिनुभयो ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै महासंघले चरणवद्ध आन्दोलनको घोषण गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);