सरोकारवालासँग छलफल गरेर मात्रै मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई अगाडि बढाउन महासंघको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सरोकारवालासँग छलफल गरेर मात्रै मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई अगाडि बढाउन महासंघको आग्रह

काठमाडौं, १२ फागुन । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी अगाडी बढाउन सभामुख अग्नि प्रसाद सापकोटा समक्ष आग्रह गरेको छ ।

सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि लगायतका विधेयकहरुलाई सरोकारवालसँगको छलफल गरेर माग सम्बोधन गर्नेगरी अगाडी बढ्न आग्रह गरेको हो ।

कानून निर्माण प्रकृयालाई प्रभावकारी बनाउन अन्तरक्रियात्मक हुनुपर्ने र सरोकारवाला पक्षलाई उत्प्रेरित गर्न आवश्यक रणनीति अख्तियार गर्ने दिशामा अगाडी बढ्न सभामुखको ध्यानाकर्षण गरिएको महासंघका महासविच रमेश विष्टले बताउनुभयो ।

महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले धेरै भन्दा धेरै नागरिकहरुको सहभागितामा रचनात्मक र सिर्जनात्मक ढंगले कानून निर्माण प्रकृया स्थापना गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय आएका केही विधेयकका प्रावधानहरुमा आफ्नो गम्भिर विमती रहेको उल्लेख गर्दै पोख्रेलले मिडियालाई स्वतन्त्र रुपमा अभ्यास गर्न सक्ने परिस्थितीको निर्माण गर्न माग गर्नुभयो ।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले छलफल र अन्तरक्रियाबाट अगाडी बढ्ने प्रयत्न आफुले गर्ने बताउनुभएको छ । परिवर्तनको गुणात्मकतालाई आत्मसाथ गरेर नियम कानून बनाउने कुरामा भएका कमजोरी सच्याउन जनस्तरमा गएर ठूलो आधार तयार हुने उहाँले बताउनुभयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका प्राणवायु भएको उल्लेख गर्दै महासंघले केही विधेयकहरुमा स्वतन्त्रता सम्बन्धि बन्देज लगाउने प्रावधानहरु रहेकोले ती प्रावधानहरुलाई सच्याउन ध्यानाकर्षण गराएको हो । महासंघले सभामुखको सफल कार्यकालको बर्धाइ तथा शुभकामना दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);