निजामती सेवा ऐन तुरुन्त अगाडि बढाउन राष्ट्रियसभामा माग | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

निजामती सेवा ऐन तुरुन्त अगाडि बढाउन राष्ट्रियसभामा माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले निजामती सेवा ऐन तुरुन्त अगाडी बढाउन सरकार समक्ष आग्रह गरेका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेश सरकारलाई समेत काम गर्न अप्ठ्यारो परिरहेको भन्दै विधेयकलाई अगाडी बढाउनको निम्ति सरकार समक्ष आग्रह गरेका हुन् ।

शर्माले भने–‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ । धेरै लामो समयदेखि अगाडी बढ्न सकेको छैन । यसले प्रदेश निजामती ऐन अगाडी बढ्न पनि सकेको छैन । यसले प्रदेश सरकारहरुले काम अगाडी बढाउन सकेका छैनन् । प्रदेश लोकसेवा आयोगले पनि काम अगाडी बढाउन सकेको छैन । म सरकारको ध्यान आकृष्ट गर्न चाहान्छु, यो विधेयक तुरुन्त अगाडि बढाईयोस् ।’

राष्ट्रिय सभा सदस्य उदया शर्मा पौडेलले कोभिड र पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिलाई कारण देखाएर विद्यार्थी, अपांग र जेष्ठ नागरिकलाई यातायातमा छुट दिन छाडिएको भन्दै छुट पाउने अधिकारबाट वञ्चित नगराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराईन् ।

पौडेलले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएका कारण चिन्ता थपिएको पनि बताईन् । सार्वजनिक यातायात सुचारु भएसँगै भीडभाड बढेको र मास्क नलगाई हेलचेक्र्याई गरिएको भन्दै उनले सार्वजनिक सवारी साधनमा सेनिटाइजरको व्यवस्था नभएको पनि उल्लेख गरिन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);