सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने नीति ल्याउन सकेनः सुनिलबहादुर थापा | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने नीति ल्याउन सकेनः सुनिलबहादुर थापा

काठमाडौं ।

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले विद्युतीय सवारी साधनलाई प्रोप्साहित गर्ने नीति ल्याउन सरकारसँग माग गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । सांसद थापाले सरकारले विद्युतीय सवारी साधनमाथि लगाइएको करको बोझले त्यसलाई उठनै नदिने अवस्था रहेको आरोप पनि लगाउनु भयो । उहाँले सरकारको बजेटको व्यवस्था नगर्दा बुढीगण्डकी जलविद्युत आयोजनालगायतका राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढन नसकेको पनि उल्लेख गर्नुभयो ।सांसद थापाले सरकारले विद्युत उत्पादन, वितरणको आवश्यक व्यवस्था गर्न नसकेको पनि बताउनु भयो

Leave a Reply