दोहोरो प्रकृतिका करलाई खारेज गर्न उद्योगी व्यवसायीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

दोहोरो प्रकृतिका करलाई खारेज गर्न उद्योगी व्यवसायीको माग

काठमाडौं, १७ मंसिर । उद्योगी व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीहरुले बताएका हुन् ।

उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरुले बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी आफुहरु दोहोरो करको मारमा परेको भन्दै समस्या समाधान गरिदिन माग गरेका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशहरुमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल खसेको बताउनुभयो । यसरी दुई सरकारबाट कर अशुली गर्नु कानून विपरित भएको उहाँले बताउनुभयो ।

यस्तै देशको आर्थिक विकासमा कतिपय कानूनहरु बाधक रहेको पनि अध्यक्ष गोल्छाले बताउनुभयो । त्यसका लागि कुनकुन कानूनहरु परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा महासंघले छुट्टै प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिन लागेको पनि अध्यक्ष गोल्छाले बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यस तर्फ ध्यान दिन माग गर्नुभयो । यस्तै सरकारले निर्यातलाई अझबढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्न सुझाव दिनुभयो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्र प्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताउनुभयो । निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धि जस्ता सपना सार्थक तुल्याउन सक्दैनौं भन्ने कुरा सरकारले राम्रोसँग बुझेको बताउनुभयो ।

कोभिडको प्रभावलाई केन्द्रमा राखेर बजेट मार्फत वा मौद्रिक नीति मार्फत सम्बोधन गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थभन्त्री पौडेलले बताउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);