बजेटका सम्बन्धमा गण्डकी प्रदेशका जनताको अपेक्षा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बजेटका सम्बन्धमा गण्डकी प्रदेशका जनताको अपेक्षा

budget

कास्की, १४ जेठ । अहिले केन्द्र सरकार तथा प्रदेश सरकार बजेट ल्याउने तयारीमा व्यस्त छ । सरकारले जेठ १५ गते बुधबार बजेट ल्याउँदैछ । केन्द्र सरकार आत्मनिर्भरमुखी बजेट ल्याउने तयारी गरिरहेका बेला प्रदेश सरकार पनि जनमुखी बजेट ल्याउने दाबी गर्दै आएका छन् । आउँदै गरेको बजेटका सम्बन्धमा गण्डकी प्रदेशका जनताको अपेक्षा कस्तो त ?

आउँदो बजेटका सम्बन्धमा गण्डकी प्रदेशका जनता आ–आफ्नै अपेक्षा राखेर बसेका छन् । ठुलाठुला परियोजनाहरुलाई समेटेर वर्षेनी बजेट आउने गर्दछ तर ती योजनाहरु बजेट मै मात्र सिमित भएका पनि धेरै उदाहरणहरु नभएका होइनन् । गण्डकी प्रदेशका स्थानीयहरु बजेटले ठुला परियोजना संलग्न गरेर भव्य हुनु भन्दा पनि जनताको समस्याहरुलाई सम्बोधन हुने गरी जनतामुखी हुनु पर्ने कुरामा जोड दिन्छन् ।

बेरोजगारीको समस्या नेपालमा अझै बिकराल नै रहेको छ । बेरोजगारीको समस्यालाई धेरै राजनैतिक दलहरुले आफ्नो मुद्दा बनाएका छन् । तर अझै पनि बैदेशिक रोजगारीका लागि वर्षेनी विदेशीनेहरुको संख्या झन् बढिरहेको छ । अब आउने बजेटले रोजगारीको अवसरहरु सिर्जना गर्नु पर्ने स्थानीयको माग रहेको छ ।

नेपालको विकासमा भौगोलिक विकटता पनि मुख्य बाधक हो । भौगोलिक विकटताले गर्दा सरकारले ल्याएका बजेटहरु दुर्गममा पुग्न सकेका छैनन् । अहिले जनता बजेट शहरमुखी भन्दा पनि दुरदराजमा रहेका स्थानहरुलाई प्राथमिकता दिनु पर्ने बताउँछन् ।

बजेटले जुन एजेण्डालाई महत्व दिए पनि यसले देशको दिगो विकासमा जोड दिनुपर्ने स्थानीयहरुको भनाई छ । बजेटमा विभिन्न परियोजनाहरुका लागि रकम विनियोजन गर्ने तर त्यसको कार्यान्वय नहुने समस्या वर्षौदेखि रहिआएको छ । अबको बजेट भने कार्यान्वयन हुने गरी ल्याउन स्थानीयले जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);